कांग्रेस सभापतिमा निधिले पनि उम्मेदवारी दिने

everest kitchen


काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४ औँ महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने बताएका छन । आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “१४औँ महाधिवेशन जहिले भए पनि सभापतिमा उम्मेदवारी दिने बताएका हुन् ।

उनले सभापतिको उम्मेदवारीका लागि आफु अगाडि बढिसकेको र तयारी शुरू गरिसकेको बताए । क्रियाशील सदस्यतामा देखिएको विवाद चाँडै टुङ्गिने र महाधिवेशनको तयारीले गति लिने उनले जानकारी दिए ।

उनले भने, “भदौमा महाधिवेशन हुन्छ भनेर सभापति शेरबहादुर देउवाजीले पनि भनिरहनुभएको छ, क्रियाशील सदस्यतामा देखिएको विवाद समाधानका लागि छलफल शुरू भएको छ, विवाद टुङ्गिएसँगै महाधिवेशनको तयारीले गति लिन्छ, तदर्थ समिति वा विशेष अधिवेशनको कुनै आवश्यकता छैन ।”