बालाजु औद्योगिक क्षेत्रको आगलागी अझै नियन्त्रणमा आउनसकेन

everest kitchen

काठमाडौं । बालाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रणमा लिन कठिन भएको छ । प्रहरीका अनुसार बिहान हेलिकप्टरबाट पानी हालेर आगलागी नियन्त्रणमा लिने प्रयास गरे पनि नियन्त्रणमा आएको छैन ।

औद्योगिक क्षेत्रमा रहेको विष्कुट फ्याक्ट्रिमा शुक्रबार राति दुई बजेदेखि सुरु भएको आगलागी नियन्त्रणमा आउन नसकेको प्रहरी वृत्त बालाजुले जनाएको छ ।

अहिले दमकल, पानी ट्यांकरसहित नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ। सिम्रिक एयरको हेलिकप्टरबाट आगलागी भएको ठाउँमा पानी हालिएको भएपनि घरभित्रको आगलागी भएकोले नियन्त्रण लिन सम्भव नभएको प्रहरीले जनाएको छ।

आगलागीको कारण पनि नखुलेको र क्षतिको विवरण पनि आइ नसकेको प्रहरीले जनाएको छ । उक्त बालाजु औद्योगिक क्षेत्रमा थुप्रै फ्याक्ट्रिहरु रहेका छन्। अन्य फ्याक्ट्रिको क्षति बारे पनि केहि खुलेको छैन।