ओलम्पिक: भलिबलमा अमेरिकालाई स्वर्ण

everest kitchen

एजेन्सी। विश्वखेलकूदको कुम्भमेला ३२ औँ गृष्मकालीन ओलम्पिक खेलकूदअन्तर्गत महिला भलिबल खेलमा अमेरिकाले स्वर्ण पदक जितेको छ । जापानको टोकियोस्थित एरिएक एरिनामा आज भएको खेलमा अमेरिकाले दुई पटकको स्वर्ण विजेता ब्राजिललाई फाइनल खेलमा ३–० को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जितेको हो ।

महिला भलिबलमा अमेरिकाको यो पहिलो स्वर्णपदक हो । यसअघि अमेरिका तीन पटक फाइनलमा पुगे पनि रजत पदकमा चित्त बुझाउन बाध्य बनेको थियो । अमेरिकाले सन् १९८४, २००८ र २०१२ मा रजत पदकमा चिक्त बुझाउनु परेको थियो ।

फाइनल खेलमा अमेरिका सन् १९८४ मा चीनसँग तथा २००८ र २०१२ मा ब्राजिलसँग पराजित भएको थियो । अमेरिकाले पहिलो सेटमा २५–२१ को सहज जित निकाल्यो । दोस्रो सेट २५–२० र तेस्रो सेट २५–१४ को सहज जित निकाल्दै विजयी हुन सफल भयो ।

त्यसअघि आज नै भएको अर्को खेलमा सर्वियाले कास्य पदक हात पा¥यो । सर्वियाले दक्षिण कोरियामाथि ३–० को सोझो सेटमा जित निकाल्दै कास्यपदक जितेको हो । सर्वियाले २५–१८, २५–१५ र २५–१५ को सोझो सेटमा जित निकालेको थियो ।