मलेसियामा थप १८ हजार ६८८ संक्रमित थपिदा ३६० जनाको निधन

everest kitchen

मलेसिया । मलेसियामा कोरोनाभाइसर कोभिड-१९ बाट पछिल्लोपटक अत्याधिक संक्रमित बढेका छन् । गत २४ घण्टामा १८ हजार ६८८ जना संक्रमित भएका छन् । यो संगै हालसम्म मलेसियामा १२ लाख ६२ हजारबढी संक्रमित भएका छन् ।

त्यस्तै गत २४ घण्टामा १७ हजार ५५ जना संक्रमण मुक्त भएका छन् । यो संगै १० लाख २६ हजारबढी जना निको भएका छन् । मलेसिया हाल २ लाख २५ हजारबढीमा सक्रिय संक्रमण रहेको छ ।

यस्तै मलेसियामा गत २४ घण्टामा ३६० जनाको निधन भएको छ । यो आजसम्मकै सबैभन्दा धेरै मृत्यु सङ्ख्या हो । यो संगै मलेसियामा हालसम्म १० हजार ७४९ जनाले ज्यान गुमाएका छन् ।