शुभकामना लेख्दैमा आदिवासी जनजाति अधिकार सम्पन्न हुनन: अध्यक्ष बराम

everest kitchen

नवलपुर । सरकारले शुभकामना , प्रतिबद्धता र कागजीरुपमा केही लेख्दैमा नेपालका आदिवासी जनजाति अधिकार सम्पन्न हुन नसक्ने नेपाल आदिबासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष जगत वहादुर बरामले बताएका छन् । सोमबार २७ औँ विश्व आदिवासी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै, उनले यस्तो बताएका हुन् ।

हरेक वर्ष विश्व आदिवासी दिवस आउछ। तर नेपालमा शुभकामना दिने प्रचलन मात्र छ । सरकारले शुभकामना , प्रतिबद्धता र कागजीरुपमा लेख्दैमा अधिकार सम्पन्न हुन नसक्ने उनले बताए । उनले भने, “हरेक वर्ष आउछ दिवस ,नेपालमा शुभकामना दिने प्रचलन मात्र चलिरहेको छ । शुभकामना दिदैँमा , प्रतिवद्धताव्यक्त गर्दैमा र कागजीरुपमा केही लेख्दैमा मात्र आदिवासी जनजातिको अधिकार सम्पन्न हुन सक्दैनन्, उनले भने ।” शुभकामना र प्रतिबद्धता मात्र होइन व्यवहारिकरुपमा आदिवासी जनजातिहरुको अधिकारका मुद्धाहरुलाई कार्यान्वयमा लैजान सरकारसंग उनको आग्रह छ ।

यस्तै कार्यक्रममा बोल्ने वक्ताहरुले आदिवासी आन्दोलन नेपालको लोकतान्त्रिक र मानवअधिकारबादको अङ्ग भएको बताएका छन् ।
समोबार २७ औँ विश्व आदिवासी दिवस विश्वभर ‘कसैलाई पछाडि नछाडौं, आदिवासी जनजाति र नयाँ सामाजिक सहमतिको आव्हान’ भन्ने नाराका साथ मनाइएको छ ।