आजमात्रै मलेसियामा झण्डै २० हजार संक्रमित थपिदा २०१ जनाको निधन

everest kitchen

मलेसिया । मलेसियामा कोरोनाभाइसर कोभिड-१९ बाट पछिल्लोपटक अत्याधिक संक्रमित बढेका छन् । गत २४ घण्टामा १९ हजार ९९१ जना संक्रमित भएका छन् । यो संगै हालसम्म मलेसियामा १२ लाख ९९ हजारबढी संक्रमित भएका छन् ।

त्यस्तै गत २४ घण्टामा १६ हजार २५८ जना संक्रमण मुक्त भएका छन् । यो संगै १० लाख ५७ हजारबढी जना निको भएका छन् । मलेसिया हाल २ लाख ३० हजारबढीमा सक्रिय संक्रमण रहेको छ ।

यस्तै मलेसियामा गत २४ घण्टामा २०१ जनाको निधन भएको छ । यो आजसम्मकै सबैभन्दा धेरै मृत्यु सङ्ख्या हो । यो संगै मलेसियामा हालसम्म ११ हजार १६२ जनाले ज्यान गुमाएका छन् ।