पहिरोले विद्यालयको भवन जोखिममा

everest kitchen
तस्वीर: रमेश केसी/रासस

बझाङ। बझाङको केदारस्यँ गाउँपालिका– ६ स्थित रोतागणामा रहेको भूमिदेव आधारभूत विद्यालयको भवन पहिरोको जोखिममा परेको छ । अविरल वर्षाका कारण विद्यालयको फिल्ड पहिरोले बगाएपछि भवन जोखिममा परेको हो ।

अविरल वर्षाका कारण विद्यालयको फिल्ड पहिरोले बगाएपछि भवन जोखिममा परेको हो। साउन १२ गते मंगलबार राति पानी अविरल परेपछि रोतागणामा रहेको विद्यालयको मूलद्वार र फिल्ड पहिरोका कारण भत्किएको प्रधानाध्यापक मान बहादुर धामीले बताए।

भिरालो जमिनमा विद्यालय भएकाले पहिरो खस्न थालेको हो।’ कक्षा ८ सम्म पठनपाठन हुँदै आएको उक्त विद्यालयमा हाल २३५ विद्यार्थी अध्ययनरत छन्।