घुस लिँदालिँदै पक्राउ परेका पूर्वमन्त्री स्वकीय सचिव जेल चलान

everest kitchen

जनकपुरधाम । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सिरहाको नवराजपुर गाउँपालिका– १ का नागेन्द्र प्रसाद यादवलाई जेल चलान गरिएको छ । उनि पूर्व वनराज्यमन्त्री लक्ष्मण मेहताका स्वकीय सचिव रहेका बेला ५० हजार रुपैयाँ घुस लिँदालिँदै ०६८ फागुन १७ गते उनी पक्राउ परेका थिए ।

लहान नगरपालिका २ बाट ईलाका प्रहरी कार्यालय लहानको टोलीले उनलाई पक्राउ गरी जिल्ला अदालत सिरहामा फैसला कार्यान्वयनका लागि बुझाएपछि सिरहा कारागार पठाइएको हो ।

५० हजार धरौटीमा रिहा भएका यादवलाई अदालतले २०७० असार ३१ मा भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै १ महिना २० दिन कैद र ५० हजार रुपैयाँ जरिवाना सजायँ सुनाएको थियो । सजायँ तोकिएपछि यादव लुकिछिपी बस्दै आएका थिए ।