पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डको माओवादी केन्द्रमा प्रस्ताव

everest kitchen

काठमाडौं । नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेश गरेका छन् । उनले शनिबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका हुन् ।

भदौ मसान्तभित्र पार्टी सदस्यता नवीकरण तथा वितरण अभियान चलाउने, असोज १० गते सेल र टोल भेला गर्ने, २० गते वडा सम्मेलन, ३० गते पालिका सम्मेलन गर्ने र कात्तिक ३० गते जिल्ला सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव छ ।

यस्तै मंसिर १५ गते प्रदेश सम्मेलन गर्नेसमेत प्रचण्डको प्रस्ताव रहेको बताएको छ । त्यस्तै, केन्द्रीय समितिको बैठकमा प्रचण्डले नै विधान संशोधनको प्रस्ताव पनि पेश गरेका छन् र दुबै प्रस्तावमाथि छलफलका लागि केन्द्रीय सदस्यहरुलाई ८ वटा समूहमा बाँडिएको एक सदस्यले जानकारी दिए ।