उकालो लाग्यो सुन चाँदीको मूल्य

everest kitchen

काठमाडौं । अघिल्लो साता तीब्र गिरावट आएको सुन चाँदीको मूल्यमा यस साताको सुरुवाती दिनमै मूल्यमा उच्चता आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज साताको पहिलो कारोबार दिन समेत रहेको आइतबार बजारमा सुन प्रतितोला एक हजार रुपैयाँले बृद्धि हुँदै ९० हजार ७०० रुपैयाँ पुगेको छ भने चाँदी एक हजार २०५ रुपैयाँ पुगेको हो ।

गत साताको अन्तिम कारोबार दिन शुक्रबार बजारमा सुन प्रतितोला ८९ हजार ७०० रुपैयाँ र चाँदी एक हजार १८५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । महासंघका अनुसार आज यता तेजाबी सुन समेत बढेर ९० हजार २०० रुपैयाँ कायम भएको छ ।