मकवानपुरमा मालपोत र नापी कार्यालय एकसाताका लागि बन्द

everest kitchen

सविन कुमार लोप्चन
मकवानपुर । आज सोमबारबाट एक हप्ताको लागि मकवानपुरको हेटौंडा स्थित मालपोत कार्यालय हेटौंडा र नापी कार्यालय हेटौंडा बन्द गरिने भएका छन् ।

हेटौंडा स्थित मालपोत कार्यालय भिडभाड बढेको र संक्रमणको जोखिम उच्च भएकोले आजबाट एक हप्ताको लागि उक्त कार्यलयहरु बन्द गर्न लागिएको जिल्ला प्रशाासन कार्यलय मकवानपुरले जनाएको छ ।

जिल्लामा पछिल्लो ३ महिनादेखि निषेधाज्ञा जारी रहेको छ । यहाँ पछिल्लो पटक थप गरिएको निषेधाज्ञा आउँदो साउन ३२ गते भोलि सम्म रहेको छ ।

प्रशासनले गएको सोमबारबाट निजि तथा सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली,निषेधाज्ञाको अवज्ञा गर्ने पसलहरुलाई जरिवाना लगाउँदै निषेधाज्ञालाई कडाई गरिरहेको छ ।

जारी निषेधाज्ञामा अत्यावश्यक उपभोग्य बस्तु खाद्यान्य, मान्छा,मासु, तरकारी, फलफुल, दुध, पानि अण्डा पसलहरु बिहान ५ बजे देखी बिहान १० बजे सम्म खोल्न पाईने र गरैखाद्यान्य तथा अन्य पसलहरु दिउँसो १२ बजे देखी बेलुका ४ बजे सम्म संचालन गर्न प्रशासनले आदेश जारी गरेको छ ।