नेकपा एमाले मकवानपुरद्वार आयोजित पार्टी प्रवेश कार्यक्रम सम्पन्न

everest kitchen

सविन कुमार लोप्चन
मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुरले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। सो अवसरमा विभिन्न पार्टी त्याग गरेर विभिन्न व्यक्तिले एमाले प्रवेश गरेका हुन ।

स्थानीय नेता सञ्छलाल प्रजाको नेतृत्वमा सम्पन्न उक्त पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीबाट एमाले प्रवेश गरेकामध्येका माओवादी परित्याग गर्दै एमाले प्रवेश गरेका सञ्च बहादुर चेपाङले आफू नेकपा माओवादीमा आवद्ध हुँदा पार्टीले धेरै कामको आशवाशन देखाउने तर काम नगरेकोले आफु एमाले प्रवेश गरेको बताए ।

एमाले प्रबेश गर्नेहरुलाई स्वागत गर्नको लागि नेकपा एमाले केन्द्रिय सदस्य मकवानपुर जिल्ला ईन्चार्ज रामेश्वर राणा, एमाले प्रदेश कमिटी सदस्य संगठन बिभाग प्रमुख अनन्त पौडेल, जिल्ला अध्यक्ष एक लाल श्रेष्ठ, एमाले जिल्ला सदस्यहरु र एमाले राक्सिराङ गाउँ कमिटी अध्यक्ष रोहन लामा लगायतका नेताहरुको उपस्थित रहेको थियो।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै एमाले जिल्ला अध्यक्ष एक लाल श्रेष्ठले जनादेशको सरकारलाई अपद्स्त गर्दै परमादेशको सरकार बने पछि एमाले अझ सशक्त भएको दावी गरे ।

त्यस्तै, नेकपा एमालेले सरकार छोडे लगत्तै देशब्यापी रूपमा पार्टी प्रवेशको लर्को लागेको छ र राजा महेन्द्र पछिको बिकास केपी ओलिले मात्रै गरेको गाउँ इन्चर्ज राणाको दावी थियो ।