प्रहरी पेट्रोल पम्पको एक करोड बढी हिनामिना गर्नेअसईविरुद्ध भ्रष्ट्राचार मुद्दा दर्ता

everest kitchen

काठमाडौं । नेपाल प्रहरीको पेट्रोल पम्पमा एक करोड रुपैयाँ बढी हिनामिना भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा एक करोड तीन लाख ९७ हजार तीन सय ३७ रुपैयाँ हिनामिना भएको पाइएको हो।

प्रहरी कल्याण कोषले नक्सालमा सञ्चालन गरेको पेट्रोल पम्पमा कार्यरत असई दिलिप कार्कीविरूद्ध अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताए ।

अनुसन्धान गर्दा उनले विक्री भएको तेलको वास्तविक रकम दाखिल नगरी एक करोड तीन लाख ९७ हजार ९३७ रुपैयाँ हिनामिना गरेको पुष्टि भएको सहप्रवक्ता भण्डारीले बताए। कार्कीले सो पेट्रोल पम्पमा रहँदा आर्थिक वर्ष ०७४/७५ र आव ०७५/७६ मा उक्त्त रकम हिनामिना गरेको बुझिएकाे छ।