गत २४ घण्टामा देशभर ३ हजार २७४ संक्रमित थपिए

everest kitchen

 

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १७ हजार ६८९ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्

पछिल्लो २४ घण्टामा ११ हजार ५६५ जनाको पिसिआर र ६ हजार १२४ जनाको एन्टिजेन परीक्षण गरिएकोमा उक्त उल्लेखित सङ्ख्या पुष्टि भएको हो ।

त्यस्तै गत २४ घण्टामा १ हजार ९२९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसंगै हालसम्म ६ लाख ८७ हजार ६९ जना कोरोनामुक्त भएका छन्।

संक्रमणबाट देशभर थप २७ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ३५४ पुगेका छन् । साथै, संक्रमितमध्ये काठमाडौंमा ६७३, भक्तपुरमा १४१ र ललितपुरमा २१९ थपिएका छन् ।