बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त

everest kitchen

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमाले संसदीय दलका नेता शाक्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन ।

मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएसँगै शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बन्ने अवसर पाएकी हुन । प्रदेशको संसदीय दलको नेताबाट मुख्यमन्त्रीसमेत रहेका डोरमणि पौडेलले राजीनामा दिएसँगै नेता अष्टलक्ष्मी शाक्य आजै नयाँ संसदीय दलको नेता चुनिएकी थिईन ।

माधव नेपाल समुहमा लामो समयदेखि रहेकी उनी ओली समुहमा रहेर मुख्यमन्त्री भएकी हुन । आजै नेता नेपालले भने छुट्टै पार्टी गठन गरेका छन् । उनले आजै निर्वाचन आयोगमा दलदर्ताको निवेदन दिएका छन् ।