नयाँ पार्टी चिन्दिन पूर्वसांसद गोबिन्द राम चेपाङ

everest kitchen

सविन कुमार लोप्चन
मकवानपुर । नेकपा एमाले मकवानपुरका नेता पूर्व सांसद गोबिन्द राम चेपाङ ले नयाँ पार्टी नचिन्ने बताएका छन् । उनी माधव नेपाल निकट रहदै आएका थिए ।

काङ्ग्रेस सभापति समेत रहेका शेर बहादुर देउबाको नेतृत्वको सरकारले दल विभाजन सम्बन्धि अध्यादेश ल्याएर माधव पक्षले “नेकपा “एमाले समाजवादी” पार्टी स्थापना गरेपछि नेता चेपाङले असन्तुष्टि व्यक्त गरेका हुन ।

उनले, हिमाल टाईम्ससँग आफ्नो भनाई रख्दै आफुले माधव र केपि ओलिलाई बराबर सम्मान गर्ने गरेको र आफू पार्टी एकताको पक्षमा रहेकोले अहिले चर्चामा आएको ‘नेकपा एमाले समाजवाद’ पार्टी नचिन्ने बताए । उनले भने, अझै आफू पार्टी एकता जोगाउन दृढता पूर्वक अघि बढ्ने साथै मकवानपुर जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरुलाई पार्टी एकताको पक्षमा रहन आग्रह गर्दछु ।

आफ्नो फेसबुक स्टाटसमा बागमती प्रदेशको नव नियुक्त मुख्यमन्त्री अष्ठलक्ष्मी शाक्यलाई बधाई समेत दिएका छन् । सो सन्दर्भमा उनले आदिवासीजनजाति मुख्यमन्त्रीलाई हटाएर ७ प्रदेशबाट एक ठाउँमा मात्रै आदिवासीजनजाति मुख्यमन्त्री बनाउने खेलमा नेतृत्वहरु लागेको समेत उल्लेख गरेका छन् ।

नेकपा पूर्ववत् अवस्थामा फर्किएसंगै एमाले र माओवादी अलगअलग भएपछि एमालेमा दुई धार देखिएको थियो। ओलीपक्ष र माधवपक्ष अलगअलग गुट बनाए पछि माधब नेपालपक्षले संसद विघटनको गरेको बिरोध गर्दै संसद पुन: स्थापना को लागि जोड दिए पछि नेता चेपाङ माधब पक्षमा देखिएका थिए ।