बेपत्ता किशोरीको शव गाडिएको अवस्थामा फेला

everest kitchen

सुरेन्द्र महतो
काठमाडौं । सर्लाही जिल्ला लालबन्दी नगरपालिका वडा न १७ निवासी राजन भुजेलको जेठी छोरी १५ बर्सिय प्रेन्का भुजेल मृत अवस्थामा फेला परेकी छन् । उनी ३१ गते रातीदेखि हराईरहेकी थिईन ।

उनको अप’हरण गरि ह’ त्या गरिएको हुन सक्ने अनुमान आफन्तले गरेका छन् । उनको यहि भदौ १ गते गाउँ नजिकै कालिन्जोर खोलामा गाडिएको अवस्थामा शव फेला परेको छ।

स्थानीयका अनुसार सोही स्थानको फाैदसिंह माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत ती किशोरी त्यहीँको एक फर्निचर उद्योगमा काम गर्ने युवकसँग घरबाट बाहिरिएकी थिइन्। घटनामा संलग्नमा रहेको आरोपमा प्रहरीले स्थानीय दुई किशोरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लालबन्दी-१७ का अनिस दाहाल र सोही ठाउँका कृष्ण साह छन् ।

इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाका अनुसार ती अभियुक्तहरूले किशोरीको शव गाडिएको ठाउँ देखाएका थिए।

किशोरीको मृत्युपछि ती दुई किशोर भागेका र प्रहरीले उनीहरूलाई जिल्लाबाट केही तल भागेको ठाउँबाटै मंगलबार पक्राउ गरेको थियो। पक्राउ परेका ती दुईमाथि प्रहरीले केरकार गरेपछि किशोरीलाई गाडेको ठाउँ देखाएका प्रहरी निरीक्षक थापाले बताए।

घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरी मृतक किशोरीको शव पोष्टमार्टमका लागि मंगलबार राति नै मंलगवा अस्पताल पठाएको छ । घटना केकति कारणले भयो भन्ने बारे भने अझै स्पष्टसंग खुल्न सकेको छैन।

साउन ३१ गते किशोरी बेपत्ता भएको भन्दै परिवारले साउन ३२ गते इलाका प्रहरी कार्यालय लालबन्दीमा जानकारी गराएका थिए। घटनामा अन्य पनि संलग्न रहेको हुन सक्ने प्रहरीले आशंका गरेको छ। यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ। पक्राउ परेका उनीहरू हाल लालबन्दी प्रहरी चाैकीको कस्टडीमा राखिएको प्रहरीले जनाएको छ।