थप ३ हजार ७५ संक्रमित थपिए

everest kitchen

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ४० हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार सक्रिय संक्रमितको संख्या ४० हजार ५०० पुगेको हो । संक्रमितमध्ये ७३९ जना आईसीयू र १६८ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार १२६ जना कोरोना मुक्त भएका छन् । त्यस्तै, ३३ जना संक्रमितको मृत्यु हुँदा २ हजार १२६ जना संक्रमणमुक्त भएका छन् ।