राक्सिराङमा विभिन्न पार्टी परित्याग गरि २८७ नेपाली काङ्ग्रेस प्रवेश

everest kitchen

मकवानपुर। नेपाली काङ्ग्रेस राक्सिराङ गाउँ पालिकाद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। उक्त पार्टी प्रवेश कार्यक्रम राक्सिराङ गाउँपालिका कार्यलयको प्राङ्गणमा भएको थियो भने यसै कार्यक्रम को बिच विभिन्न पार्टी परित्याग गरि २८७ जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन्।

नव प्रवेशिहरुलाई नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदीय दलको नेता पुर्व गृह राज्य मन्त्री कार्यक्रम प्रमुख अतिथि ईन्द्र बहादुर बानियाँ र बागमती प्रदेशसभा सदस्य तथा नेपाली काङ्ग्रेस नेता सन्त बहादुर चेपाङ गाउँ पालिका प्रमुख राज कुमार मल्ल उप प्रमुख निर्मला हिम्डुङ ले खादा लगाई स्वागत गरेका थिए।

कार्यक्रममा जिल्ला स्तरीय नेता,गाउँ कमिटी भित्री नेता तथा कार्यकर्ता को बाक्लो उपस्थित पनि रहेको राक्सिराङ-६ का तरुण दलका सभापति सन्त थिङले बताए।

त्यसै गरि कार्यक्रममा आफ्नो भनाई राख्दै एमाले र माओवादी समीकरण भए पछि बनेको नेकपाको अध्यक्ष केपि ओलिले अब काङ्ग्रेस सकिएको भन्ने भ्रम छर्दै थिए। आज यो कार्यक्रम बाट काङ्ग्रेस गाउँ गाउँ बस्ती बस्तीमा फैलिएको दावी नेता बानियाले गरे।।