प्रदिपको ‘खै त तिम्रो बुट्टे सारी’ ( भिडियो )

everest kitchen

काठमाडौँ । लोक सेलोमा आधारित ‘खै त तिम्रो बुट्टे सारी’ बोलको को म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा गायक प्रदिप लामाको स्वर रहेको छ भने हस्त लामा ( हार्दिक )को शब्द, संगीत रहेको छ। गीतलाई जोगलाल लामाले संगीत संयोजन गरेका हुन्।

बौद्धस्थित एक पत्रकार सम्मेलन गरी बिमोचन गरिएको म्युजिक भिडियोमा नायिका सुमी मोक्तान र भीमफेदी गाइज फिचर्ड छन्। सुर्य लामाले छायांकन र सम्पादन गरेका भिडियोलाई निर्मल कुमार लामा ( बिजी )को निर्देशनमा भिडियो तयार पारिएको हो। गायक लामाको आधिकारिक च्यानल ‘प्रदिप लामा अफ़िसिएल’ मार्फत सार्वजनिक गरिएको हो।

लामो समय देखि नेपाली संगीतमा सक्रिय गायक लामाले लामाले यसअघि २ वटा गीतिसंग्रह सार्वजनिक गरिसकेका छन्। ‘मोहनी लाईदिउकि’, ‘मायाले बोलाको’, ‘हेलम्बु माथी’, ‘मायालुले’, लगायतका गीतहरु स्रोता माझ लोकप्रिय छन्। निर्माण टिमले यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।