मलेसियाको नयाँ प्रधानमन्त्रीमा इस्माइल सब्रि नियुक्त

everest kitchen

मलेसियाको नबौं प्रधानमन्त्रीमा निवर्तमान उपप्रधानमन्त्री दातुकसेरी इस्माइल सब्रि याकुब नियुक्त भएका छन् ।
बारिसन नेशनल पार्टीबाट मलेसियाको सांसदमा निर्वाचित भएका सब्रिलाई १ सय १४ जना सांसदले प्रधानमन्त्रीको लागि समर्थन गरेका छन् । सब्रिको सपथग्रहण कार्यक्रम भोली शनिबार अढाई बजे रहेको छ ।
केहि दिन अगाडी मलेसियाका निवर्तमान प्रधानमन्त्री मुयाद्दीन यासिनले पदबाट राजिनामा दिएपछि नयाँ प्रधानमन्त्रीको लागि पार्टीहरु छलफलमा जुटेका थिए । जसमा सब्रिले बाजि मारेका थिए ।
मलेसियामा कुनै पनि राजनैतिक दलको पूर्ण बहुमत नभएकोले सरकार पनि अस्थिर रहेको छ ।
यता सब्रि नियुक्त भएपनि उनको बिरोधमा र राजिनामा दिएका प्रधानमन्त्री मुयाद्दीन यासिनको समर्थनमा मलेसियामा भोली शनिबार बिरोधर्‍याली हुने भएको छ ।