सभापतिको उम्मेद्वारीबाट पछि हट्दिन : काङ्ग्रेस नेता सिंह

everest kitchen

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापतिको उम्मेदवारबाट पछि नहट्ने बताएका छन् ।शनिबार काठमाडौंको चन्द्रागिरी नगर समितिले आयोजना गरेको विचार गोष्ठीमा नेता सिंहले आफू सम्पूर्ण रुपले पार्टीको सभापति बन्न सक्षम रहेको भन्दै पछि नहट्ने बताएका हुन् ।

आमजनताको दुखमा मलमपट्टी लगाउन लागि भए पनि आफू काँग्रेस सभापति बन्नु पर्ने उनले बताए । ‘आम जनताको दुखमा मलमपट्टी लगाउन भए पनि म कांग्रेसको सभापति बन्नु पर्छ, सबैलाई मिलाउन सक्ने मसँग क्षमता छ’ उनले भने, ‘पार्टी सञ्चालन गर्न सक्ने क्षमता छ, म किन पार्टी सभापति नबन्ने ? त्यसैले सभापतिको उम्मेदवारीबाट पछि हट्दैन ।’

साथै नेता सिंहले १३ औं महाधिवेशन पछि अहिले नेपाली कांग्रेस इतिहासकै कमजोर अवस्थामा पुगेको बताए । नेतृत्व गलत भएपछि इतिहास बोकेको पार्टी पनि कमजोर भएको उनले जिकिर गरे ।