राष्ट्रिय युवा संघ मकवानपुरको जिल्ला कमिटी घोषणा

everest kitchen

मकवानपुर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल मकवानपुरको जिल्ला कमिटि घोषणा भएको छ । शनिबार हेटौँडामा कार्यक्रमको आयोजना गरि ३ सय ११ सदस्यीय जिल्ला कमिटि घोषणा गरिएको हो । जिल्ला सदस्यहरुको शनिबार नै सपथग्रहण समेत गरिएको छ ।

भेलाले कृष्ण लामिछानेलाई जिल्ला सचिवको जिम्मेवारी समेत दिएको छ । यस अघिको युवा भेलाले लक्ष्मण उप्रेतीलाई जिल्ला अध्यक्षको जिम्मेवारी दिएको थियो । भेलाले आज ३५ सदस्यीय सचिवालय समेत निर्माण गरेको छ भने १० वटै स्थानीय तहका संयोजक पनि चयन गरेको छ र जिल्ला कमिटी भित्र राक्सिराङ गाउँ पालिका भित्रको मात्रै २२ जना जिल्ला कमिटी सदस्यमा चयन भएको छ ।


त्यस गरि कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणी पौडेलले नेपालको विकास गर्न एमालेको सरकार पुनः अपरिहार्य रहेको बताए ।

नेपालमा विकासको मुहान एमाले सरकारको पालामा मात्र फुटने भन्दै उनले षड्यन्त्रबाट केपी ओली सरकारलाई ढालिएको भएपनि आउँदो निर्वाचनमा एमालेले अत्याधिक मत सहित फेरी देशको सक्ता सञ्चालन गर्ने बताए । माधव कुमार नेपालको समुहले राजनीतिक घात गरेको उल्लेख गर्दै पौडेलले जनताले नेपाल समुहको आघातलाई मतबाट जवाफ दिने समेत बताए ।

कार्यक्रममा बोल्दै एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज रामेश्वर रानाले देशको अबको राजनीति युवाको हातमा आएको बताए । युवा सक्रिय भए देश अघि बढ्ने भन्दै उनले अब देशभरका युवाको नेतृत्वको लागि युवा संघ सक्रिय भएर अघि बढनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष अमित लामाले युवा संघ नेपाल अव राजनीतिसँगै उत्पादनमा पनि जोडिने बताए । उनले उत्पादनसँग जोडनको लागि युवा संघले युवा लक्षित तालिमहरुको समेत कार्यक्रम सञ्चालन गर्ने बताए ।

कार्यक्रममा नेकपा बागमती प्रदेश सदस्य रघुनाथ खुलाल, एमाले मकवानपुरका जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा जिल्ला समितिको नाम एमाले मकवानपुरका सचिवालय सदस्य सुनिल मोक्तानले घोषणा गरेका थिए ।