रौतहटका पुजारी मृत्यु प्रकरणका आरोपित वडाअध्यक्ष धरौटीमा छुटेपछि परिषदको विरोध

everest kitchen

रौतहट । नारायण नगरपालिका-२ खेशरहिया स्थित हनुमान मंदिर को पुजारी श्री राम शाहको मृत्यु प्रकरणका आरोपित धरौटीमा छुटेपछि विश्व हिन्दु परिषदले आपत्ति जनाएको छ । परिषदले जिल्ला प्रशासन कार्यालय रौतहट मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।

पुजारी शाहलाई गत भदौ-३ मा राती खाना खाई रहेको बेला गोली हानी ह’ त्या गरिएको थियो । घटनामा संलग्नताको आरोप लागेका प्रतिवादीहरुलाई अदालतमा मुद्दा चलिरहेको अवस्थामा आरोपितमध्येका शेख नुरूलाह( स्थानीय वडा अध्यक्ष) लाई अदालतमा हाजिर भएको एक घण्टामा नै साधारण तारेखमा रिहाइ गरेको प्रति परिषदले आपत्ति जनाएको हो ।

घटनामा संलग्न रहेकालाई छुट दिने नियत देखिएकोले यसमा चुप लागेर नबस्ने परिषद उल्लेख गरेको छ । परिषदका अनुसार, जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालय, मानव अधिकार, सम्मानित सर्वोच्च अदालत एवं सम्मानित न्याय परिषद्, जिल्ला प्रशासन कार्यालयलाई प्रशासन मार्फत छुटा छुट्टै ज्ञापनपत्र बुझाएको हो ।