एकीकृत समाजवादी पार्टीको भविष्य उज्ज्वल छ – मेटमणि चौधरी

everest kitchen

दाङ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को भविष्य उज्ज्वल रहेको सो पार्टीका केन्द्रीय सदस्य मेटमणी चौधरीले बताएका छन् । माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम जस्ता नेताहरु सो पार्टीमा रहेकोले पार्टीको भबिष्य उज्ज्वल रहेको उनले बताए।

सोमबार दाङको देउखुरीमा आयोजित पार्टीको दाङ निर्वाचन क्षेत्र नं. १ को भेलामा चौधरीले भने, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम कमरेड पनि हुनुहुन्छ’, उनले भने ‘चार नेतामध्ये उतातिर केपी ओली मात्रै हो, हाम्रो भविष्य उज्ज्वल छ,’।

उनले अबको निर्वाचनमा अन्य पार्टीसँग कार्यगत एकता गरेर जाने गरी सम्झौता भएको समेत बताए । सकेसम्म विचार मिल्ने राजनीतिक दलहरुबीच एकता गर्ने, यदि त्यो भएन भनेपनि चुनाबी गठबन्धन गर्ने सहमति समेत भएको उनले बताए