माओवादी केन्द्रको जिम्मेवारी बाँडफाट : कसलाई कुन जिम्मेवारी ? (सूचीसहित)

everest kitchen

काठमाडाैं। नेकपा माओवादी केन्द्रले नेताहरुको जिम्मेवारी बााडफाँट गरेको छ । भदौ ५ र ६ गते बसेको स्थायी समिति बैठकको छलपलबाट नेताहरुको जिम्मेवारी बाँडफाट भएको परिपत्र माओवादीले सार्वजनिक गरेको छ ।

माओवादीले पार्टीको प्रवक्ता पूर्वसभामुख कृष्णबहादुर महरालाई बनाएको छ भने संगठन विभागको प्रमुख जनार्दन शर्मा ‘प्रभाकर’ लाई बनाएको छ । त्यस्तै स्कुल विभाग इन्चार्जको जिम्मेवारी प्रचण्ड आफैंले लिएका छन् भने प्रमुखमा गिरिराजमणि पोखरेल रहेका छन् ।

त्यस्तै प्रदेश १ को इञ्चार्ज सुरेन्द्र कार्की (राम कार्की), प्रदेश २ को इञ्चार्ज गणेश शाह, बागमती प्रदेशको इञ्चार्ज हितमान शाक्य,गण्डकी प्रदेशको इञ्चार्ज हितराज पाण्डे, लुम्बिनी प्रदेश इञ्चार्ज चक्रपाणी खनाल ‘बलदेव’, कर्णाली प्रदेश इञ्चार्ज शक्ति बस्नेत र सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी खगराज भट्टलाई दिइएको छ ।