सनाखतका लागि निर्वाचन आयोग पुगे माधव नेपाल र ठाकुर पक्ष

everest kitchen

काठमाडौं । चन्द्रागिरिमा रहेका प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष, सांसद तथा केन्द्रीय सदस्यहरू त्यहाँबाट सिधै निर्वाचन आयोग गएका छन्। आयोगले सनाखतका लागि बिहान ११:३० बजेदेखि दिउँसो २ बजेसम्म समय दिएको छ।

उनीहरू चन्द्रागिरि हिल्स रिसोर्टबाट आयोग जानका लागि हिँडेका छन्। गत सोमबारदेखि नै चन्द्रागिरिमा नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक चलेको थियो।

आयोगले आज भौतिक रूपमा उपस्थित गराएर सनाखत गर्न लागेको छ। सनाखत गरेपछि प्रमाण पुगेमा आजै आयोगले अध्यक्ष नेपाललाई पार्टी दर्ताको प्रमाण पत्र दिने तयारी गरेको छ।

राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार नयाँ दल विभाजनका लागि संघीय संसद वा केन्द्रीय सदस्यको २० प्रतिशत अलग भएको हुनुपर्छ । एमालेका २०३ केन्द्रीय सदस्यहरुमध्ये माधव नेपालले नेकपा एकीकृत समाजवादी दर्ताका लागि ५७ केन्द्रीय सदस्यहरुको नामावली आयोगमा बुझाएका थिए । यसैगरी ठाकुरले ३१ जना कार्यकारिणी सदस्यहरुको नामावली आयोगमा बुझाएका छन् ।