आफ्नै बूवा र श्रीमतीको ज्यानलिई एकै ठाउँमा गाड्ने युबक पक्राउ

everest kitchen

सुरेन्द्र महतो

धनुषा। आफ्नै श्रीमती रबुवाको ज्यान लिने युवकलाई प्रहरीले पक्राउ गरेको छ। धनुषाको मिथिला बिहारी–५ ललियाका ३५ वर्षीय भागेश्वर मण्डलले ३० वर्षीया श्रीमती अमृता कुमारी मण्डल र ५५ वर्षीय वुबा रामवृक्ष मण्डललाई डोरीले घाँटी कसेर ज्यान लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले बताए ।

भागेश्वर मण्डलले ज्यान लिईसकेपछी छिमेकी रामनाथ मण्डलको आप बगैचामा तिन फिट गहिरो खाल्डो खनी शव गाडेको खूलासा अभियूक्तले नै गरेको उपरीक्षक बस्नेतले बताए ।

सोमबार मध्यराती घरायसी विवादमा फरुवा र लाठीले कुटपिट गरी युवकले श्रीमती र बुवाको डोरीले घाँटी कसेर ज्यान लिएको बस्नेतले बताए । शब एउटै खाल्डोमा बुहारी र ससुराको गाडेको अवस्थामा फेला परेको थियो । श्रीमती र बुवाको हत्या आरोपमा भागेश्वरलाई पक्राउ गरिएको प्रहरीले जनाएको ।

भागेश्वरको घरमा बच्चाहरु घेरै समयदेखी चिच्याई रहेको सूनेपछी स्थानियहरु घरमा पुग्दा हत्या भएको घटना सार्वजनिक भएको थियो । घटना बारे स्थानियले प्रहरीलाई जानकारी गराएका थिए । जानकारी पाएलगतै घरमा पुगेका प्रहरीलाई प्रारम्भिक अनुसन्धानकै क्रममा श्रीमती र वुबाको डोरीले घाँटी कसेर ज्यान लिएर शव गाडेको भागेश्वरले स्वीकारेको डीएसपी बस्नेतले बताए ।

हत्या गर्न प्रयोग भएको घटनास्थल नजिकैबाट डोरी र खाल्डो खन्न प्रयोग भएको कोदालो समेत प्रहरीले बरामद गरेको छ । गाडेको शव उत्खनन गरी पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हत्याको घटना जानकारी पाउना साथ घटनास्थलमा प्रहरी चौकी ललिया, इलाका प्रहरी कार्यालय धनुषाधाम र जिल्ला प्रहरी कार्यालय धनुषाको टोली पुगेर अनुसन्धान थालेको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले बताए ।

श्रीमती र बुवालाई हत्या गरेका मण्डल एक वर्ष अघि वैदेशिक रोजगारबाट फर्केका थिए । वैदेशिक रोजगारबाट फर्केपछि श्रीमान श्रीमती बीच पटक पटक विबाद भएको स्थानिय बताउँछन । उनको २ छोराछोरी छन् । पटक÷पटक विदेश गएका मण्डल कयौं वर्ष उतै बिताए ।घरमा रहेकी पत्नी र पिताबीच अबैध सम्बन्ध रहेको आशंका मण्डललाई भएको हुन सक्ने स्थानीयहरुको कथन छ ।

गत फागनुमा विदेश गएका मण्डल चैत महिनामै फर्केका थिए ।त्यसपछि परिवारमा कलह सुरु भएको थियो । पितासित समेत सम्बन्ध राम्रो नरहेको मण्डलको पत्नीसितपनि नियमित झगडा हुने गरेको स्थानीयहरुको कथन छ । विदेशमा रहेको बेला पिता र पत्नीबीच अबैध सम्बन्ध स्थापित भएको मण्डलको आशंका बढदै गएर ह’ त्याको परिणाम सम्म पुगेको हुन सक्ने स्थानीय बासिन्दाहरुको अनुमान छ ।

रोजगारीको क्रममा विदेशिएका परिवारमा विकृतीहरु देखिएको र त्यसकारण अकल्पनिय घटनाहरु हुने गरेका छन् । वैदेशिक रोजगारीले जिवनस्तरमा सुधार भएसँगै बिकृतीहरुपनि धेरै बढेको जिल्ला प्रहरी कार्यालयको महिला सेलमा पर्ने उजुरीहरुबाट देखिन्छ ।

नेपालमा धनुषा , सिरहा, महोत्तरी जिल्लाबाट भारी संख्यामा नेपालीहरु वैदेशिक रोजगारीमा गएका छन् ।वैदेशिक रोजागरीको कारण समाजमा हाडनाता करणी लगायत कयौं अपराधिक कृयाकलाप बढेको बताइन्छ ।