जनवादी गायक जेबी टुहुरेको निधन

everest kitchen

काठमाडौं । जनवादी गायक जेबी टुहुरेको निधन भएको छ । केही साताअघि काठमाडौंको कलंकीस्थित आफ्नै निवासमा लडेपछि उनलाई बल्खुस्थित वयोधा अस्पताल भर्ना गरिएको थियो । चिकित्सकका अनुसार उनलाई ‘स्ट्रोक’ भएको थियो ।

उनको आज निधन भएको अनेरास्ववियु (क्रान्तिकारी) का उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार उनको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि साढे १ बजेदेखि साढे २ बजेसम्म माओवादी केन्द्रको मख्यालय पेरिसडाँडामा राखिनेछ । त्यसपछि उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

७६ वर्षीय टुहुरेले १५० भन्दा बढी गीत रेकर्ड गराएका छन्। वास्तविक नाम जुठबहादुर खड्गी भएका धरानका टुहुरे दोस्रो संविधानसभामा तत्कालीन एनेकपा माओवादीबाट समानुपातिक सभासद बनेका थिए। यसअघि टुहुरेको उपचार खर्च राज्यले व्यहोर्ने निर्णय समेत भएको थियो ।