मनहरीमा सञ्चारकर्मीमाथि खनिए जनप्रतिनिधि, पत्रकार महासंघको आपत्ति

everest kitchen

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा समाचार संकलनमा गएका सञ्चारकर्मीमाथि जनप्रतिनिधसहितको टोलीले दुव्र्यवहार गरेको छ ।

हेटौडास्थित शक्ति एफएम, मकवानपुर न्युज डटकम र एक्टीभ टिभीमा आबद्ध सञ्चारकर्मी विकल्प चौलागाईमाथि गाउँपालिकाकी कार्यापालिका सदस्य पम्फा रोक्कासहितको टोलीले दुव्र्यवहार गरेको हो ।

बुधबार दिउँसो मनहरी ९ रजैया स्थित अग्निहोत्राश्रममा समाचार संकलनको लागि बोलाइएको र त्यहाँ पुगेपछि आफुमाथि दुव्र्यवहार भएको पिडित चौलागाईले बताए । स्थानीय बिमला कार्कीले समाचार संकलनको लागि भनि बोलाएर समाजिक सञ्जालमा लेखिएको बिषय निकालेर महिलाहरुको टोलीले धरपकड गरेको उनले बताए ।

दुव्र्यवहार गर्ने क्रममा कार्यापालिका सदस्य पम्फा रोक्कासहित, वडा नं. ३ की सदस्य राधादेवी पाठक, बिमला कार्की लगायत महिलाहरु रहेको उनको भनाई छ ।
यस सम्बन्धमा चौलागाईले पत्रकार महासंघ मकवानपुरमा निवेदन दिएका छन । आफुलाई मनहरी गाउँपालिकाका जनप्रतिनिधिहरुले पटकपटक दुव्र्यवहार गरेको र विभिन्न लाञ्छना लगाएर अपमानित गर्ने गरेको उनको आरोप छ ।

केहि दिनअघि एक पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले विभिन्न लाञ्छाना लगाएकोप्रति पनि उनले आपत्ति जनाएका छन ।

पत्रकार महासंघको आपत्ति

समाचार संकलनका लागि गएका सञ्चारकर्मीमाथि भएको दुव्र्यवहार प्रति पत्रकार महासंघ मकवानपुरले आपत्ति जनाएको छ । बिहिबार बिज्ञप्ति जारी गर्दै सञ्चार माध्यम तथा समाजिक सञ्जालमा प्रकाशन प्रसारण भएका कुनैपनि बिषयमा चित्त नबुझे पत्रकार आचारसंहिता तथा साइबर कानुनमार्फत कारबाहि गर्ने बाटो हुदाँहुदैँ हुलहुज्जत गरि दुव्र्यवहार गरिनु निन्दनीय रहेको जनाएको छ ।

महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमद्धारा जारी बिज्ञप्तिमा अगामी दिनमा यस्तो घटना नदोहोर्याउन आग्रह गरिएको छ ।

चौलागाई कार्यरत शक्ति एफएमले पनि बिज्ञप्ति जारी गरि घटनाको बिरोध गरेको छ । घटनाले प्रेस स्वतन्त्रता र अभिब्यत्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने काम भएको बताइएको छ ।