खेलाडीद्वय सम्मानित हुने, एम्बुलेन्स चालकलाई प्रोत्साहन

everest kitchen

पोखरा । वैदेशिक रोजगार टिम लाहाचोकको पहलमा खेलाडीद्वयलाई सम्मान गरिने भएको छ। गाउँ मै रहेर फुटबल खेलको बिकासमा लागेको भन्दै माछापुच्छ्रे त्रिशक्ति युनाइटेड लाहाचोकका टिम कप्तान सन्तोष गुरुङलाई सम्मान गरिन लागिएको हो।

उनको कप्तानीमा दुइपटक गण्डकी प्रदेश स्तरीय फुटबल प्रतियोगितामा प्रथम स्थान र स्थानिय स्तरमा पनि केही जित हासिल गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गरेका थिए।
यसैगरी माबी तहमा पढ्दै गरेका विवेक परियारले एथलेटिक्समा थुप्रै जित हात पारेका छन् ।

उनले ग प्र स्तरीय म्याराथन दौड प्रतियोगितामा पनि अमिट छाप छाडेको र प्रोत्साहन स्वरुप सो सम्मान गरिन लागिएको हो। खेलाडीद्वय दुबैलाई एक एक जोर ट्र्याक सुट र एक एक जोर जुत्ता प्रदान गरिने भएको छ। उक्त १६०००/ बराबरको जिन्सीको सम्मान को प्रायोजन वैदेशिक रोजगार टिममा सह संयोजन कृष्ण प्रसाद बास्तोलाले कोरिया देखि गरेका हुन् ।

कोभिडको महामारीले गर्दा सम्मान कार्यक्रम केही समयका लागि स्थगित गरिएको वैदेशिक रोजगार टिम लाहाचोकका प्रवक्ता कवि क्षत्रीले ( मालदिप्स )जानकारी गराए।

, यसैगरी कोरोनाकालमा एम्बुलेन्स सेवा दिदै आएका चालक राजु शाहीलाई प्रोत्साहन स्वरुप रु ५०००/ पुरस्कार सहित सम्मान गरिएको छ। उक्त रकमको प्रायोजन भुपु फुटबल खेलाडी एवं वैदेशिक रोजगार टिम लाहाचोकका सल्लाहकार राजेश घलेले हङकङ बाट गरेका हुन् ।
सो रकम भुपु सैनिक तथा कल्याणकारी मञ्च लाहाचोकका अध्यक्ष बलराम काजी र कोषाध्यक्ष भिम बहादुर थापाले हस्तान्तरण गरेका थिए।

गाउँमा रहेर विभिन्न क्षेत्रमा रहेर निस्वार्थ सेवा गर्दै आइरहेकाहरूको मन नखुम्चियोस् , थप प्रोत्साहन मिलोस् भन्नाका लागि टिम लाहाचोक गठन गरि बिबिध कार्यहरू शुरु गरिएको टिम संयोजक राजु क्षत्री अपुरोले जानकारी गराए।

आगामी दिनमा टिमले गाउँको बिकासका अधुरा कार्यहरूमा घचघच्याउने , ठुला ठुला समस्याहरू आएमा पिडित पक्षका लागि यथासक्दो हातेमालो गर्ने, जानकारी सह- संयोजक पुस्पराज अधिकारीले ( यु ए इ) बताए।

हाल टिम लाहाचोकमा विभिन्न देशमा रोजगारी गरिरहेका दुई दर्जन भन्दा बढि युवाले एकताबद्ध जनाएका छन् ।
वैदेशिक रोजगार टिम लाहाचोकको टिममा सहजीकरण गर्न गाउँ मै रहेका सुशील श्रेष्ठ र राजेन्द्र गौतमलाई जिम्मा दिंदै आएको टिमका सह- संयोजक सगुन अधिकारीले (अस्ट्रेलिया) बताए।

टिमले पहिलो प्राथमिकतामा गाउँ मै रहेर बिबिध कार्यमा सेवा गर्दै आएका केहिलाई सम्मान गर्ने योजना बनाइरहेको छ। सदस्य लबि क्षत्रीले ( साउदी अरव) भावी योजना सुनाए। स्मरणीय छ , टिमले गाउँको बिकास र भैपरी आउने समस्यामा थुप्रैपटक हातेमालो गर्दै आइरहेको छ।