मलेसियामा निधन भएका जनक बमको परिवारलाई समाजको आर्थिक सहयोग

everest kitchen

मलेसिया । सुदूरपश्चिमेली नेपाली समाज मलेसिया र मातहतका क्षेत्रिय समिति हरुको सयुंक्त सहकार्यमा स्वं जनक बम को परिवारलाई आर्थिक सहयोग गरेको छ ।

सुदूरपश्चिमेली नेपाली समाज मलेसिया र मातहतका क्षेत्रिय समिति जोहोरबारु, मल्लका र पेनाङ को सयुक्त सहकार्यमा रु १ लाख ११ हजार ९ सय ९८ रुपैयाँ स्वं जनक बम का छोरा तोरण जंग बम को खातामा रकम पठाएको सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका केन्द्रिय कोषाध्यक्ष धन बहादुर भाटले बताए ।

सुदूरपश्चिमेली नेपाली समाज मलेसिया र मातहतका क्षेत्रिय समिति हरुको सयुक्त सहयोग संकलन अभियानमा मलेसियन नागरिक सरोनले आर एम ५ सय सहयोग गरेका थिए ।

समाजले आर्थिक संकलन अभियानमा आबद्ध भएर सहयोग र सहकार्य गर्ने क्षेत्रिय समिति लगायत सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेको सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका केन्द्रिय‌ संरक्षक समिर मल्लले बताए ।

स्वं जनक बम को कोरोना संक्रमणबाट गत जुलाई १५ तारिख निधन भएको थियो ।उनको मृत्यु पछि पनि कोरोना रिपोर्ट पोजिटिभ आए पछि हिन्दुसंस्कार अनुसार गत जुलाई २० तारिख मलेसियामै दाहासंस्कार गरिएको थियो ।

सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका सल्लाहकार समेत रहेका बम सामाजिक कार्यमा निकै सक्रिय थिए । रोजगारी सिलसिलामा लामो समयदेखि मलेसियामा रहेका जनक बम को निधनले सिंगो सुदूरपश्चिमेली नेपाली समाज परिवारलाई स्तब्ध बनाएको समाजले उल्लेख गरेको छ । जनक बमको परिवारमा श्रीमती र एक छोरा रहेका छन ।