१५ लाख युवाहरूलाई उत्पादन कार्यमा लगाउने योजनासहित अघि बढ्न युवालाई मन्त्री शर्माको आग्रह

everest kitchen

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशका १५ लाख युवाहरूलाई उत्पादन कार्यमा लगाउने योजनासहित अघि बढ्न युवाहरूलाई आग्रह गरेका छन् । योङ्ग कम्युनिस्ट लीग नेपालले शनिवार भर्चुअल रूपमा आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।

मन्त्री शर्माले युवाहरूलाई संगठित गरी समाजवादी अर्थतन्त्र निर्माणमा परिचालन गर्न आग्रह गरेका हुन् । उत्पादन अभियानमा युवाहरू दिलो ज्यानले नलागेसम्म संविधानले निर्दिष्ट गरेको समाजवादी अर्थतन्त्रमा जान सम्भव नभएको भन्दै उनले देशका १५ लाख युवाहरूलाई उत्पादन र रोजगारीमा लगाउने गरी संगठित गर्नुपर्नेमा जोड दिए ।

यस्तै भ्रष्टाचारको अन्त्य र सदाचारको संस्कृति निर्माणको लागि समेत युवाहरूको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले त्यसतर्फ अघि बढ्ने गरी कार्यक्रम तय गर्न सुझाव दिए ।