म्याग्दीका सुर्यबहादुर १९ वर्षदेखि मलेसियामा बेपत्ता : जानकारी दिनेलाई १ हजार रिङ्गेट

everest kitchen

मलेसिया । म्याग्दिका सुर्य बहादुर केसी करिब १९ बर्षदेखि मलेसियामा बेपत्ता भएका छन । उनको बारे जानकारी दिनेलाई परिवारले पुरस्कार समेत दिने बताएका छन् ।

म्याग्दीको अर्मन गाविस वडा नम्बर -४ का ४८” बर्षीय सुर्य बहादुर सन २००२ मा वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेको परिवारले बताएको छ । परिवारका अनुसार सुरुमा केही समय सम्पर्क भएपनि त्यसयता उनी कहिलै परिवारको सम्पर्कमा आएनन्  ।

सुर्य बहादुर मलेसिया गएको मात्रै भन्ने थाहा भएपनि कुन कम्पनी र कुन स्थानमा गएका थिए भन्ने समेत जानकारी परिवारलाई नदिएका कारण उनी अझ‌ै मलेसियामा हुन सक्ने भन्दै परिवारले खोजि गरिदिन आग्रह गरेको छ ।

साथै उनको बारे कसैलाई थाहा भए +६०१६२९३०२७४ नम्बरमा सम्पर्क गरेर जानकारी दिन अुनुरोध गरिएको छ । जानकारी दिनेलाई मलेसियन १ हजार रिङ्गेट समेत पुरस्कार दिने परिवारले जनाएको छ ।