माओवादी केन्द्रको स्थायी समितिको आकस्मिक बैठक

everest kitchen
photo file

काठमाडौं। नेकपा माओवादी केन्द्रको आकस्मिक स्थायी समिति बैठक बसेको छ । सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आकस्मिक स्थायी समिति बैठक बोलाएका हुन् ।

बैठक केहीबेर अघि सुरु भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए । प्रेस संयोजक सापकोटाका अनुसार बैठकमा पार्टीको सांगठनिक विषयमा छलफल केन्द्रीत छ ।

त्यस्तै, यसअघि गत साता बसेको नेकपा माओवादी केन्द्रको बैठकले सातै प्रदेशका इन्चार्ज र सह इन्चार्ज र जिल्ला समन्वय समितिको प्रमुख तोकेको थियो ।