एमालेका पुराना नेता प्रदिप नेपालले माधव नेपालको साथ छोडेको घोषणा

everest kitchen

काठमाडौं।नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता प्रदीप नेपालले पार्टीबाट बाहिरिएको घोषणा गरेका छन्। पार्टी अध्यक्ष माधवकुमार नेपालबाट पनि आफूलाई धोका पाएको उनले उल्लेख गरेका छन्।

‘माधव कमरेड म केपीसँग जान्न किनभने तानाशाही प्रवृत्तिको सधैं विरोधी हुँ, तपाईँ पनि झेली कुरा गर्न सिक्नुभएछ’, नेपालले लेखेका छन्, बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ तर आखिरमा तपाईँबाट पनि मैले धोकाकै उपहार लिएर जानुपर्ने भो, विदा ।’उनले फेसबुकमा लेखेका छन्। सामाजिक संजाल फेसबुकमा नेता नेपालले आफू केपी ओलीसँग पनि नजाने लेखेका छन्।

उनले आफू केही समयदेखि स्वतन्त्र रहेको भन्दै कुनै पनि समूहमा नरहेको बताउँदै आएका थिए। उनि निर्वाचन आयोगमा पार्टी दर्ताको सनाखत गर्न पनि पुगेका थिए।