यौ”नशोषणको आरोपमा इलामकी अस्मिता पक्राउ

everest kitchen

पोखरा । इलामकी अस्मिता राईलाई रेष्टुरेण्टमा सहयोगीका रुपमा काममा राखेर महिलाहरूलाई जबरजस्ती यौ” नजन्य पेशामा लगाएको आरोपमा प्रहरीले पोखराबाट पक्राउ गरेको छ ।

पोखरा शान्तिनगरस्थित ए वान रेस्टुरेन्ट सञ्चालक राई आर्थिक लाभका लागि खाजा, नास्ता बनाउन सहयोग गर्ने र ग्राहकको घरमा पुर्याउने काममा लगाइ दिने भनेर राखिएकी महिलालाई शारीरिक शोषणमा लगाएको आरोपमा पक्राउ परेकी हुन् ।

इलाम माई नगरपालिका –८ चिसापानी स्थायी घर भई पोखरामा व्यावासय गर्दै आएकी राईलाई पक्राउ गरी मानव बेच–बिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत कास्कीबाट ३ दिनको म्याद थपको अनुमति लिइ कारवाही अगाडी बढाइएको प्रहरीले जनाएको छ ।