दाङको सिस्नेखोला पुल अलपत्र पार्ने ठेकेदारलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन

everest kitchen
तस्बिर : फाइल 

काठमाडौं । जिल्ला प्रशासन कार्यालय दाङले सिस्नेखोलामा निर्माणाधीन पुल अलपत्र पार्ने ठेकेदारलाई तत्काल पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ।

दाङ प्रशासनले सूचना जारी गर्दै दाङको लमही घोराही सडक खण्डअन्तरगत पर्ने सिस्नेखोलामा पुल निर्माणको जिम्मा लिएको एडभेन्चर जेभिका प्रतिनिधिलाई तत्काल पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको हो ।

गएराती १० बजेतिर नेपालगंजबाट घोराही तर्फ आउदै गरेको सुजुकी कारलाई उक्त खोलाले बगाएको थियो । उक्त खोलाले बगाउदा चार जनाको निधन भएको छ । कार चालकको भने जिवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।