नयाँ पार्टी नचिन्ने बताएका नेता चेपाङ नेकपा एसमा खुले

everest kitchen

मकवानपुर। मकवानपुर जिल्लाका तत्कालीन एमाले नेता तथा पुर्वसांसद गोबिन्द राम चेपाङ नेकपा (एकीकृत समाजवादी) मा खुलेका छन। केही दिन अगाडि आफुले नयाँ पार्टी नचिन्ने र नयाँ पार्टीको औचित्य नरहेको फेस्बुकमा लेखेका चेपाङ्गले खुलेरै एकीकृत समाजवादीमस अलगेको बताएका हुन्

बिहिवार हेटौंडा आयोजित नेकपा (एकीकृत समाजवादी)को कार्यक्रममा उपस्थित भएका उनले फेसबुकमा स्टाटस मार्फत आफू नेकपा एकीकृत समाजवादीको बागमती प्रदेश कमिटिको सदस्य रहेको र आफू एमाले नभएको उल्लेख गर्नु गरेका छन्।

साथै, मकवानपुरका विभिन्न स्थानीय तहका २५ जना जनप्रतिनिधी नेकपा एकीकृत समाजवादीमा खुलेका छन् । एमालेबाट निर्वाचित भएका उनीहरु प्रदेश निर्वाचन कार्यालय हेटौंडामा पुगेर माधव नेपाल नेतृत्वको समाजवादीमा सनाखत गरेका हुन् ।