एमालेबाट निर्वाचित कास्कीमा २ सय ८२ जना जनप्रतिनिधि एमालेमै रहने

everest kitchen

काठमाडौं । नेकपा एमालेबाट कास्कीमा निर्वाचित भएका धेरै जनप्रतिनिधिहरु एमाले पार्टीमै रहने भएका छन् ।
नेकपा एमाले औपचारिकरुपमा विभाजन भएपछि बनाइएको नेकपा एकीकृत समाजवादी पार्टीमा कास्कीका कुनै पनि निर्वाचित जनप्रतिनिधिहरुले साथ नदिने भएका हुन् ।

पोखरामा आयोजित निर्वाचित जनप्रतिनिधिहरूको भेलामा कास्कीबाट निर्वाचित भएका २८२ जना जनप्रतिनिधिले एमालेमै रहने घोषणा गरेको एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिए ।

भेलामा कास्कीका ४ गाउँपालिका, पोखरा महानगरपालिका, प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिकमा जननिर्वाचित प्रतिनिधिहरू सहभागी भएका थिए । उनीहरू सबैले एमालेमै रहने निर्णय गरेको बताईएको छ ।