थारु गीत ‘चोटी वाली छौरी’, सर्वजनिक (भिडियो)

everest kitchen

कृष्ण गुप्ता
कलैया । थारु गीत चोटी वाली छौरीको भिडियो सार्वजनिक भएको छ । गत साता भिडियोको छायांकन सम्पन्न भई सम्पादनमा गएको भिडियो हिजो शनिबार सार्वजनिक भएको छ।

यस अघि सामाजिक सञ्जालको फेसबुकमा म्युजिक भिडियोको पोस्टर पोष्ट गर्दै निर्माताले फस्र्ट लुक सार्वजनिक भएको थियो । पोस्टरमा बिरु चौधरी र लिजा कोशल चौधरी फिचरिंग छन् । रिक्शामा सवार उनीहरुको पोजलाई सामाजिक सञ्जालमा दर्शकहरुले मन पराएका छन् ।

लिजा कोशलको दर्जनौं मैथिली भिडियो मा काम गरेकि छिन । त्यस्तै, बिरू चौधरीले पनि तीन वाटा भिडियोमा काम गरिसकेका छन् ।

थारु आईटम गीत भनिएको यस गीतलाई प्रमोद चौधरीले शब्द रचना गरेका छन् भने गीतलाई गणेश चौधरी र भानुले संगीतबद्ध गरेका छन् । गीतमा भानु थारु र सोनु कुश्मीको स्वर रहेको छ । साथै गीतमा हालिएको र्यापलाई राज कुश्मीले गाएका छन् ।

यस गीतको भिडियोलाई सावन शर्माले निर्देशन गरेका छन् भने क्यामेरा विकास गुरुङ्ग रहेका छन् । फोटोग्राफर बिजय ठाकुरले गरेका छन भने उनलाई अनिल, मुना ,अाकाशले सकाएको छन।