नेकपा एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी तोक्यो

everest kitchen

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेताहरूको कार्यविभाजन गरेको छ । केही दिनअघि बसेको स्थायी समिति बैठकले सातमध्ये ६ प्रदेशको इन्चार्ज तोक्नुका साथै ६ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको हो ।

केन्द्रीय सचिवालयमा बेदुराम भुसाल, प्रमेश हमाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, जयन्त राई र जीवनराम श्रेष्ठ रहेका छन् ।

प्रदेश इन्चार्जहरुमा प्रदेश १ मा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह, बागमतीमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भागवत विश्वासी, कर्णालीमा प्रकाश ज्वाला तोकिएका छन् । सुदूरपश्चिम प्रदेश इन्चार्ज भने तोक्न बाँकी रहेको बताएको छ ।

एकीकृत समाजवादीको स्थायी समितिमा अध्यक्ष माधव नेपाल, झलनाथ खनाल, बेदुराम भुसाल, मुकुन्द न्यौपाने, प्रमेश हमाल र केशवलाल श्रेष्ठ रहेका छन् ।

त्यसैगरी उपत्यका विशेष प्रदेश कमिटी, प्रचार विभाग प्रमुख र प्रवास इन्चार्ज पनि तोकेको छ । पार्टीले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा १३ सदस्यीय दस्तावेज मस्यौदा समिति पनि गठन गरेको छ ।