राक्सिराङमा एमाले बाट निर्वाचित तीन वडा अध्यक्षहरु एमालेमै रहने

everest kitchen

मकवानपुर । मकवानपुर जिल्लाको पश्चिमी भेग राक्सिराङ गाउँपालिकामा निर्वाचित वडाअध्यक्षहरु एमालेमा नै रहने भएका छन् ।

रक्क्सिराङगाउँ पालिका वडा नं. ३ का वडा अध्यक्ष बाबू लाल स्याङ्तान,वडा नं. ४ का वडा अध्यक्ष सञ्जय कोईराला र वडा नं. ६ का सिंग लाल प्रजा एमालेमा नै रहने भएका छन ।

निर्वाचित वडाअध्यक्षहरुले “हामी नेकपा एमाले लाई अंगालेर सुर्य चिन्ह लाई उचालेर जन प्रतिनिधि बनेको हौ हामी घर लाई छोडेर गोठमा जान सक्दैनौं” भन्ने भनाई रहेको बताएको छ । वडाअध्यक्षहरुले एमाले फुटेपनि एमाले अझै बलियो रहेको दाबी गरेका छन् ।