रुकुममा एकिकृत समाजवादीको बहुमत

everest kitchen

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले रुकुम पश्चिमका अध्यक्ष बिमलकुमार पुन सहितको बहुमत समुह एकीकृत समाजवादीमा खुलेको छ । शनिबार सदरमुकाम मुसिकोटमा सम्पन्न जिल्ला कमिटी बैठकबाट एमालेमा केही सदस्यहरु रहेको भएपनि बहुमत सदस्यहरु एकीकृत समाजवादीमा लागेका हुन ।

बिमल पुनको अध्यक्षतामा एकीकृत समाजवादीको पहिलो जिल्ला कमिटी बैठकले १ सय ६ जनाको जिल्ला कमिटी समेत निर्माण गरेको छ ।

अध्यक्ष बिमल पुनका अनुसार एमालेको सातौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी सहित ६५ जना जिल्ला कमिटी मध्य ४६ जनाले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

“६५ जना जिल्ला कमिटीबाट ४६ जनाले नेकपा एकीकृत समाजवादी रोजेका छन” भने, “यस्तै ५ जना जिल्ला कमिटी सदस्य माओवादी केन्द्रमा गएको र बाँकी १४ जना मात्र एमालेमा रहेको पार्टी अध्यक्ष पुनले बताए ।

त्यस्तै रुकुम पश्चिमबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गरेका साँसद ठकेन्द्र प्रकाश पुरी र कर्णाली प्रदेश साँसद देवी ओली, एमाले केन्द्रीय सदस्य शेरबहादर केसी एकीकृत समाजवादीमा लागेका छन् भने प्रतिनिधि सभामा समानुपातिक सांसद बनेकी एमाले नेतृ तीर्था गौतम भने एमालेमै रहने भएकी छन् ।