नयाँ दलमा नजान आग्रह

everest kitchen

काठमाडौं । नेकपा (एमाले) ले नयाँ दलमा संलग्न हुने सूचनाबाट प्रभावित नहुन आफ्ना जनप्रतिनिधिलाई आग्रह गरेको छ । धमाधम नयाँ दल नेकपा (एकीकृत समाजवादी)मा कार्यकर्ता जान थालेपछि एमाले यस्तो आग्रह गरेको हो ।

एमालेका महासचिव ईश्वर पोखरेलले आज विज्ञप्ति जारी गरी सूर्य चिह्नबाट निर्वाचित प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दलमा नलाग्न आग्रह गरेका हुन । नयाँ दलमा लागेको समाचार, सुचनाको प्रभावमा नपरी एमालेलाई एकताबद्ध रुपमा बलियो पारेर जान तिर लाग्न आग्रह गरिएको छ ।

यही भदौ ९ गते पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएको थियो । पार्टी फुटेर एकीकृत समाजवादीको रुपमा दल दर्ता भएसंगै देशभर जनप्रतिनिधिले दल सनाखत गर्ने तथा कार्यकर्ताले दल रोज्ने कार्यक्रम चलि रहेको छ।