चेपाङको न्वागी छोनाम पर्व राक्सिराङमा भब्यताका साथ सम्पन्न

everest kitchen

सविन कुमार लोप्चन
मकवानपुर । राक्सिराङमा आयोजना भएको न्वागी छोनाम पर्व भब्यताको साथ सम्पन्न भएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिकामा एक भव्य कार्यक्रमका बीच चेपाङ जातिको महान चाँड न्वागी छोनाम पर्व सम्पन्न भएको हो ।

चेपाङ जातिले बर्ष भरिको नयाँ बाली लाई भुमी पुजा गरेर भित्र्याउने दिन लाई बिशेश गरि महान पर्वको रुपमा भदौ २२ गते माईने चाँड लाई न्वागी भनिन्छ। कार्यक्रम देश भरिको चेपाङ हरुको उपस्तिथिमा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस संसदीय दलको नेता ईन्द्र बहादुर बानियाँको प्रमुख अतिथ्यमा सप्पन्न भएको थियो ।

साथै, कार्यक्रममा प्रदेश सभा सदस्य सन्त बहादुर चेपाङ, गाउँ पालिका अध्यक्ष राज कुमार मल्ल, गाउँ पालिका भरिको वडा अध्यक्षहरु सिग लाल प्रजा साथै चेपाङ संघ प्रदेश कमिटी अध्यक्ष खुशी लाल प्रजा लगायत चेपाङ नेतृत्व हरुको उपस्थिती रहेको थियो ।