“गरिबी र तिज”

everest kitchen

तिज गीत – गरिबी र तिज

रूपा अधिकारी”आप्रशा”
पोहोरको झैँ तिज आयो भनि गन्दा
साँच्चैको आयो है साथी र संगी दर खाने दिन
घरबाट उम्कन पाउन्न भनेर होकि!किन हो किन
पठाईनौँ आमा यसपालि सम्झेर भाईलाई लिन

महिना दिन देखि नै हिडेछन् कोही दर मान्नलाई
मलाई भने धौ-धौ छ आफ्नो दैनिकी धान्नलाई
पुरानो भयो बनाउनु पर्छ भन्छन्,धनी देखाउन सुन
गरिबलाई महँगी बन्दैन सहज किन्नलाई तेल-नुन

दर खान जाने भनि बोलाउछन् कोही पार्टी प्यालेस
कसरी तिर्नु खाई दरको भार,छैन नि बैंक ब्यालेन्स
साथी र संगी भनेर हिड्न मलाई पनि थियो नि रहर
गरिबीले दिएको चोटले पर्व मेरो भयो अति नै जहर

खाने लाउने हिड्ने हो,भन्छन् नाँच्ने रे रमाई छमछम
विदेशीले झैँ सजाउन थाले नि पर्व समाई वाइन र रम
श्रीमानको लामो आयुको कामना गर्दै मानिने संस्कृति
दर संगै मदिरा सेवनले बढायो है नारीमा ठुलो विकृति

दुःख र सुख कर्कलाको पानी झैँ दुईदिनको जीवनमा
दुई चुल्ठि पनि सुहायो भन्थिन आमा,मलाई रिबनमा
मर्यादा बिर्सि नारीपनको,देखासिकी कहिल्यै जानिनँ
जे सुकै भनुन विकृति बढ्ने आधातसंग रमाउन मानिनँ