संंसदीय मर्यादा बिपरित एमाले सदनमा प्रस्तुत भयो–वर्षमान पुन

everest kitchen

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवं सांसद वर्षमान पुन अनन्तले एमालेले संंसदीय मर्यादा बिपरित सदन अवरुद्ध गरेको बताएका छन् ।

बुधबार संसद भवनमा सञ्चारकर्मीसंग उनले आचरणसंग सम्बन्धीत बाहेक अन्य बिषयमा सभामुखको बिषयमा प्रश्न उठाउन नपाईने व्यस्था हुँदा एमालेले त्यसलाई स्वीकार गर्न नसकेको बताए । सदनमा भएको बेठिक घटनालाई सच्चाउनुपर्ने उनको भनाई छ ।

पुनले भने, ‘एमालेले संसद अवरुद्ध गरेको छ , यो संसदीय मर्यादा बिपरित छ । आचरणसंग सम्बन्धीत बाहेक अन्य बिषयमा सभामुखको बिषयमा प्रश्न उठाउन पाइदैन । सभामुखको बिषयलाई लिएर संसद अवरुद्ध भएको पहिलो घटना हो , यो बेठिक कुरा हो ।’ समाचारदैनिक