एमसीसी उपाध्यक्ष नेतृत्वको टोली र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

everest kitchen

काठमाडौँ । बिहीबार काठमाडौं आइपुगेका एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेको छ ।

प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न उनीहरु भक्तपुर बालकोटस्थित निवासमा पुगेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

एमसीसी टोलीले ओलीसँगको भेटपछि याक एण्ड यति होटलमा रहेको एमसीसी नेपालको कार्यालयमा पुग्ने कार्यक्रम रहेको छ ।