संखुवासभामा ६ जनाको मृत्यु प्रकरण : भतिजा नाता पर्ने व्यक्ति पक्राउ

everest kitchen

काठमाडौं । संखुवासभा मादी नगरपालिका-१ उम्लिङमा एकै परिवारका छ जनाको ह त्या आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ।

नातामा भतिजा पर्ने उम्लिङकै २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ। पक्राउ परेका लोकबहादुरको घर मृतकको घरदेखि डेढ सय मिटरको दुरीमा रहेको छ । उनको घरबाट घटनामा प्रयोग भएको हथौड़ा र रगत लागेको कपडा प्रहरीले बरामद गरेको स्रोतले जनाएको छ ।

हत्यारा नजिक पुग्न प्रहरीले मानवीय तथा प्राविधिक दुवै कोणबाट अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेको छ । चार दिनअघि मादी नगरपालिका– १ उम्लिङ्गका तेजबहादुर कार्कीसहित उनकै परिवारका छ जनाको सामुहिक ह त्या भएको थियो ।

साथै उक्त सामुहिक ह ,त्या प्रकरणको अनुसन्धानका क्रममा शङ्कास्पद केही व्यक्तिको डीएनए परीक्षण प्रक्रिया अगाडि बढाइएको छ ।

गत सोमबार भएको सामुहिक ह त्या का ण्डमा संलग्न अपराधीलाई कानुनी दायरामा ल्याउन सुक्ष्म अनुसन्धान गरिरहेको प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाउने क्रममा मृतकहरूसँग प्रत्यक्ष र अप्रत्यक्ष जोडिने आफन्त तथा छिमेकी केही व्यक्तिको डीएनए परीक्षण प्रक्रिया सुरु गरेको हो ।

सो हत्याको अनुसन्धानका लागि प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसी नेतृत्वको प्रहरी टोली, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली, सङ्घीय इकाई प्रहरी कार्यालय धरानको टोली र जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाको टोलीले अनुसन्धान गर्दै आएको छ ।